भारत यात्रामा रवि, भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भारत यात्रामा रवि, भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा हुने यो भ्रमणलाई रास्वपाले नेपाल–भारत राजनीतिक संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको छ।

नयाँ दिल्लीमा रहँदा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशबीचको सम्बन्ध, राजनीतिक सहकार्य र साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको रास्वपाले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली समुदायका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेछन्। पार्टीका अनुसार विभिन्न कार्यक्रममार्फत प्रवासी नेपालीसँग संवाद गर्ने तयारी गरिएको छ।

भ्रमण तालिकामा अयोध्या भ्रमण पनि समावेश गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्वको उक्त स्थलको अवलोकनपछि टोली नेपाल फर्किने कार्यक्रम छ।

पाँच सदस्यीय प्रतिनिधिमण्डल

रवि लामिछानेको नेतृत्वमा भारत जाने प्रतिनिधिमण्डलमा निम्न सदस्य सहभागी छन्।

विज्ञापनविकिबिजि
  • विपिनकुमार आचार्य (सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य)
  • दीपक बोहोरा (सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य)
  • निकिता पौडेल
  • प्रदीप आचार्य

रास्वपाले भ्रमणका सम्पूर्ण कार्यक्रमका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको जानकारी दिएको छ।

पार्टीको विश्वास छ, यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन र दुई देशका राजनीतिक दलबीचको संवादलाई नयाँ स्तरमा पुर्‍याउन सहयोग गर्नेछ।