नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार ललितपुरस्थित सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
समितिका सचिव दिनेश थापामगरले जारी गरेको सूचनाअनुसार बैठकका लागि समितिका सबै सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।
बैठकमा पार्टीभित्रको अनुशासनसम्बन्धी विषय, समितिमा प्राप्त भएका उजुरी तथा ती उजुरीमाथिको प्रक्रियाबारे छलफल हुने जनाइएको छ।
यस्तै, आगामी दिनमा समितिले अवलम्बन गर्ने कार्ययोजना र संगठनभित्र अनुशासन कायम गर्ने उपायबारे पनि बैठकमा विचार-विमर्श हुने बताइएको छ।
पार्टीभित्र देखिएका विभिन्न विषयमा अनुशासन समितिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित बैठक बोलाइएको कांग्रेस स्रोतले जनाएको छ।