सिंहदरबारको दक्षिण गेटमा अनेरास्ववियुको प्रदर्शन, केहीबेर यातायात प्रभावित
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ।
अनेरास्ववियुका नेता दीपक धामीलगायतको नेतृत्वमा पुगेको विद्यार्थी समूहले मोटरसाइकल पार्किङ गरी नाराबाजी गरेको थियो। प्रदर्शनकारीले राज्यले नागरिकमाथि आतंक मच्चाएको आरोप लगाउँदै विरोध जनाएका थिए।
उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए। प्रदर्शनका कारण दक्षिण गेट अगाडिको सडकमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो।
लगत्तै घटनास्थलमा पुगेको प्रहरीले प्रदर्शनकारीलाई सडक क्षेत्रबाट हटाएपछि यातायात पुनः सञ्चालनमा आएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुसी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित