ईयूको हवाई सुरक्षा सूचीबाट नेपाल हटाउन सरकारलाई रास्वपाको आग्रह
युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीमा नेपाल लामो समयदेखि परिरहँदा त्यसले पर्यटन, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय स्तरमा देशको विश्वसनीयतामै असर परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी ले सरकारलाई यस विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि ईयूको हवाई सुरक्षा सूचीमा निरन्तर रहेको स्मरण गराइन्। उनका अनुसार सन् २०२६ सम्म पनि नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीहरूले युरोपेली मुलुकमा नियमित उडान गर्न नसक्नु चिन्ताको विषय बनेको छ।
उनले पछिल्ला वर्षहरूमा हवाई सुरक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत तहमा केही प्रयास भए पनि त्यसको प्रभाव अन्तर्राष्ट्रिय रूपमा देखिन नसकेको बताइन्। अब सुधारका कामलाई परिणाममुखी बनाउँदै ईयूसँग उच्चस्तरीय कूटनीतिक पहल अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
सांसद अधिकारीले आवश्यक प्राविधिक प्रतिवेदन समयमै प्रस्तुत गरी नेपालप्रतिको विश्वास बढाउन सरकार सक्रिय हुनुपर्ने धारणा राखिन्। साथै, नेपाल नागरिक उड्डयन प्राधिकरण को संस्थागत र नीतिगत सुधारलाई थप प्रभावकारी बनाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार हवाई सुरक्षा प्रणाली सुदृढ गर्न तथा आधुनिक प्रविधि र दक्ष जनशक्तिमा लगानी बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ब्रेकिङ
‘किसानले मल कहिले पाउँछन्?’ – सांसद सन्तोष राजवंशीको सरकारलाई प्रश्न
ताजा
नक्कली भुटानी शरणार्थी काण्ड: १६ दोषी, ७ सफाई, ८ फरार
ताजा
‘सरकारको ‘रिपोर्ट कार्ड’: जोश पास, अनुभव फेल?’ — कुलमान घिसिङ
ताजा
आर्जु राणापछि जयबीर देउवा पनि अनुसन्धानको घेरामा
बत्ती जाँदा रास्वपा सांसदजस्तै तपाईंलाई पनि कुलमानको याद आउँछ?
सुशासन कि ‘हिटलरको ग्यास च्याम्बर’ ? राष्ट्रियसभामा विष्टको कटाक्ष
संसद् चलाउने कि मोबाइल ? सभामुखको सांसदलाई रोचक क्लास