करैकरबीच रेखा थापाको व्यंग्य– स्वर्णिम नेपाल
अभिनेत्री रेखा थापाले शिक्षा, स्वास्थ्य, विद्युत्, शेयर कारोबार र राइड सेयरिङ सेवामा लगाइने भनिएका विभिन्न करको सूची सार्वजनिक गर्दै व्यंग्यात्मक टिप्पणी गरेकी छन्।
थापाले आफ्नो फेसबुकमा छ प्रकारका कर उल्लेख गर्दै अन्त्यमा ‘स्वर्णिम नेपाल’ लेखेकी हुन्। उनको पोस्टमा राखिएको विवरण यस्तो छ—
१) 3% शैक्षिक कर
२) 3% स्वास्थ्य कर
३) 5% विद्युत भ्याट
४) 13% विद्युत भ्याट (औद्योगिक)
५) शेयर्ड राईडिङमा 5%
६) शेयर खरिद बिक्रीमा पुँजि अभिवृद्धि कर 10%
सरकारको कर नीतिले नागरिक तथा व्यवसायमाथि थप आर्थिक भार पारेको आशयमा उनले उक्त पोस्ट गरेको देखिन्छ। ‘स्वर्णिम नेपाल’ भन्ने शब्दसँगै प्रयोग गरिएको इमोजीले उनको अभिव्यक्ति व्यंग्यात्मक रहेको संकेत गर्छ।
चलचित्र क्षेत्रसँगै राजनीतिक तथा सामाजिक विषयमा पनि धारणा राख्दै आएकी थापाको उक्त पोस्टपछि करको दायरा, यसको औचित्य र सर्वसाधारणमाथि पर्ने प्रभावबारे सामाजिक सञ्जालमा बहस हुन सक्ने देखिएको छ।
