राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको पहिलो चरण सम्पन्न भएको छ। यस चरणबाट सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यका लागि ३८४ जनाबीच प्रतिस्पर्धा भएको थियो।
महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। सुरुमा असार ७ देखि ९ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका भए पनि प्रतिनिधिहरूको अन्तिम सूची टुंग्याउन, परिचयपत्र (आईडी) वितरणमा भएको ढिलाइ तथा प्रतिनिधिसम्बन्धी विवाद र प्रमाणीकरण प्रक्रिया पूरा गर्न थप समय लागेपछि कार्यक्रम एक दिन थप्दै असार १० गतेसम्म सञ्चालन गरिएको थियो।
निर्वाचनबाट खुल्ला, समावेशी तथा प्रदेशगत क्लस्टर गरी ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको छ। खुल्लाबाट २०, खस आर्यबाट १०, आदिवासी जनजातिबाट ९, थारूबाट २, मधेसीबाट ५, दलितबाट ४, मुस्लिमबाट २ तथा सातै प्रदेशबाट ५/५ जनाका दरले प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले प्राप्त गरेका छन्। उनीपछि सोविता गौतम, शिशिर खनाल, सागर ढकाल र तोसिमा कार्की सर्वाधिक मत ल्याउने उम्मेदवार बने।
निर्वाचित ९९ केन्द्रीय सदस्य र प्राप्त मत
- १. स्वर्णिम वाग्ले – २६०७
- २. सोविता गौतम – २५९४
- ३. शिशिर खनाल – २४९५
- ४. सागर ढकाल – २३३३
- ५. तोसिमा कार्की – २२५७
- ६. रञ्जु दर्शना – २२४९
- ७. मनीष झा – २२३७
- ८. हरि ढकाल – २२१९
- ९. कविन्द्र बुरालाकोटी – २१८४
- १०. विपिनकुमार आचार्य – २१२६
- ११. रमेश प्रसाईं – २१२३
- १२. विराजभक्त श्रेष्ठ – २०९४
- १३. निशा डाँगी – २०८९
- १४. इन्दिरा राना मगर – २०४७
- १५. गणेश पराजुली – २०४५
- १६. पुकार बम – २०३०
- १७. जगदीश खरेल (ललितपुर) – २०४४
- १८. सुलभ खरेल – २००८
- १९. यज्ञमणि न्यौपाने – १८६९
- २०. प्रमोद न्यौपाने – १८९२
- २१. सश्मित पोखरेल – १८३३
- २२. रिमा विश्वकर्मा – १८१०
- २३. राजु नाथ पाण्डे – १८१२
- २४. राजीव खत्री – १७०१
- २५. समीक्षा बास्कोटा – १६९९
- २६. गणेश कार्की – १६९३
- २७. खगेन्द्र सुनार – १७०८
- २८. आसिम शाह – १७२८
- २९. हिमेश पन्त – १६२३
- ३०. जगदीश खरेल (दोलखा) – १५१३
- ३१. गीता चौधरी – १५१६
- ३२. लिमा अधिकारी आचार्य – १५०६
- ३३. सुषान्त वैदिक – १५१६
- ३४. सुदीप ढकाल – १४२९
- ३५. हेमराज भट्ट – ११३७
- ३६. प्रदीप बिष्ट – १०४३
- ३७. दिलीश्वर कार्की (रोहन) – १०२२
- ३८. प्रकृति ढकाल – १५१८
- ३९. टीका साङ्ग्रौला (ज्वाला) – १४९०
- ४०. क्रान्तिशिखा धिताल – १४८१
- ४१. जमुना शर्मा – १०३०
- ४२. सुषिला कार्की पोखरेल – १००४
- ४३. मिलन लिम्बु – १५०८
- ४४. शङ्कर श्रेष्ठ – १४८४
- ४५. मिङ्मा डान्डु शेर्पा – ८२५
- ४६. महेश लामा – ८०८
- ४७. कृष्णमान श्रेष्ठ – ७८५
- ४८. आशिका तामाङ – १४३०
- ४९. अनुष्का श्रेष्ठ – १३५३
- ५०. निशा श्रेष्ठ – १२५२
- ५१. कुसुम महर्जन – ११०३
- ५२. निशा मेहता – १८६१
- ५३. विश्वराज पोखरेल – १४६०
- ५४. शोभा कार्की – १२०४
- ५५. कल्पना थापा – ९३९
- ५६. सुजाता तामाङ – ८३९
- ५७. सुष्मा बस्नेत – १४१८
- ५८. सुनिताकुमारी चौधरी – १२८०
- ५९. नमिता यादव – १११९
- ६०. मञ्जु सिंह – १०१३
- ६१. अंकितकुमार यादव – ९५०
- ६२. प्रभा ढकाल – १५१३
- ६३. बिधुसी राना – १३१०
- ६४. आकांक्षा पोखरेल – ८५०
- ६५. अनिता श्रेष्ठ – ८०२
- ६६. पार्वती थापा – ७४९
- ६७. करिश्मा कठरिया – १३६२
- ६८. अशोककुमार चौधरी – १२९८
- ६९. बब्लु गुप्ता – १४२१
- ७०. अरविन्द शाह – ९६४
- ७१. दीपककुमार शाह – ८८८
- ७२. जुली यादव – ११८४
- ७३. कामिनीकुमारी चौधरी – १०९७
- ७४. विजय जैरु – १३३९
- ७५. शिव नेपाली – ११८७
- ७६. सबिना बी.क. – १०११
- ७७. खिमा बी.क. – ९५७
- ७८. समिना मियाँ – १०५१
- ७९. रहबर अन्सारी – १०२५
- ८०. पवित्रा थापा – १०५९
- ८१. मनीष खनाल – १०३२
- ८२. सागर भुसाल – १०२७
- ८३. सोम शर्मा – ९७४
- ८४. विष्णुकुमारी गुरुङ (एकता) – ७८७
- ८५. कल्पना पाण्डे – ११०७
- ८६. सङ्गीता ढकाल – १०९२
- ८७. ज्ञानु पौडेल – ८९७
- ८८. देवराज पाठक – ८२०
- ८९. शर्मिला खनाल – ६६४
- ९०. सीता बडी – १७८२
- ९१. बिनिता कठायत – १५३०
- ९२. ताशी ल्हाङजोम – ११६०
- ९३. मेनुका शाही – ८१०
- ९४. प्रकाश न्यौपाने – ६२३
- ९५. हेमराज थापा – २०३०
- ९६. के.पी. खनाल – १८४६
- ९७. दीपकराज बोहोरा – १४५०
- ९८. जानकी जोशी – ११४८
- ९९. चन्द्र ऐर चाँदनी – ११२६