रास्वपा संसदीय दलको बैठक सुरू, मन्त्री र सांसद छलफलमा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
रास्वपा संसदीय दलको बैठक सुरू, मन्त्री र सांसद छलफलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद र सरकारमा सहभागी मन्त्रीहरूको कामको समीक्षा गर्न संसदीय दलको छलफल सुरू गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकका लागि मन्त्री तथा सांसदहरू संसदीय दलको कार्यालयमा जुटेका हुन्।

बैठकमा पछिल्लो समय सांसदहरूले गरेका गतिविधि, संसदमा पार्टीको भूमिका तथा सरकारमा रास्वपाको उपस्थितिलाई लिएर छलफल भइरहेको छ। पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको कामसमेत बैठकको समीक्षाको विषय बनेको छ।

विज्ञापन
khoj2

संसद र सरकार दुवै तहमा पार्टीको भूमिकालाई लिएर आन्तरिक समीक्षा आवश्यक देखिएका बेला लामिछानेले मन्त्री तथा सांसदलाई एकै ठाउँमा बोलाएका हुन्। छलफलमा संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा पार्टीका सांसद तथा मन्त्रीले खेल्ने भूमिकाबारे पनि कुराकानी हुने बताइएको छ।

बैठकमा उठेका विषय तथा त्यसबाट निस्कने निष्कर्षबारे भने विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन।