लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो। अदालतले उनलाई कारागार पठाउन प्रयोग गरिएको गत असार १९ गतेको कैदी पुर्जी कानुनसम्मत नदेखिएको ठहर गरेको छ।

थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएको भोलिपल्टै पक्राउ परेका उनलाई जलेश्वर कारागार चलान गरिएको थियो।

तर, कोइरीलाई थुनामा राख्ने क्रममा जारी गरिएको कैदी पुर्जीको कानुनी आधारमाथि प्रश्न उठाउँदै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। सोही रिटमा सुनुवाइपछि सर्वोच्चले कैदी पुर्जी कानुनअनुकूल नभएको निष्कर्षसहित उनलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।