महानगरीय प्रहरी वृत्त गौशालाले अभद्र व्यवहारको निवेदनका आधारमा आशिका तामाङलाई पक्राउ गरेको छ। तामाङले आफूलाई पक्राउ गर्न प्रहरी आएको क्षणलाई सामाजिक सञ्जालमा साझा गरेकी थिइन्।
जर्मनीबाट नेपाल फर्किएर तामाङले सार्वजनिक निकायमा भइरहेको बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएकी थिइन्। केही दिनअघि वाग्मती सभ्यता एकीकृत विकास समितिमा तामाङ र कर्मचारीबीच विवाद भएको घटनाले थप चर्चा पाएको थियो । पशुपति मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङको नेतृत्वमा रहेको ‘राष्ट्रिय सचेत नागरिक अभियान’ले ७७ जिल्लामा भएका बेतिथिको भण्डाफोर गर्ने उद्देश्य राख्दै देशव्यापी आह्वान गरेको थियो।