काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। शुक्रबार उनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन्। प्रहरीका अनुसार, लम्साललाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको हो। अनुसन्धानको प्रक्रिया भने अझै जारी रहेको बताइएको छ।
लम्सालमाथि अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकी थिइन्। उक्त आरोपपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको थियो। अब अदालत र अनुसन्धानको निष्कर्षले यस प्रकरणको वास्तविकता सार्वजनिक गर्नेछ।