काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अर्याल आजै प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। निर्वाचित भएसँगै उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ।

नयाँ सभामुख अर्यालबाट संसद सञ्चालनमा प्रभावकारी नेतृत्व र सहमतिको राजनीति अगाडि बढ्ने अपेक्षा गरिएको छ।