डोनाल्ड ट्रम्प ले शनिबार पाकिस्तान मा भएको अमेरिका–इरान वार्ताको परिणामप्रति आफू चिन्तित नभएको बताएका छन्। ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्भावित युद्धको अवस्थामा अमेरिका अगाडि रहेको दाबी गरे। उनले इरानमाथि कडा टिप्पणी गर्दै कुनै पनि परिस्थितिमा अमेरिका जित्ने विश्वास व्यक्त गरे।
ट्रम्पका अनुसार इरान को नौसेनासँग १५८ जहाज र २८ वटा माइन बिछ्याउने साधन भए पनि ती सबै नष्ट भइसकेको दाबी गरिएको छ। केही माइनहरू अझै समुद्रमा बाँकी हुन सक्ने उल्लेख गर्दै उनले अमेरिकाका माइन सफा गर्ने जहाजहरू त्यस क्षेत्रमा तैनाथ रहेको जानकारी दिए। यसैबीच जेडी भान्स ले शनिबार इस्लामाबाद मा भएको अमेरिका–इरान वार्ता निष्कर्षविहीन भएको पुष्टि गरेका छन्।
दुवै देशबीचको तनाव कम गर्ने उद्देश्यले भएको वार्ता बिना सहमति टुंगिँदा आगामी दिनमा परिस्थिति झन् जटिल बन्न सक्ने संकेत देखिएको छ।