काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंसिर २८ मा भएको दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजलाई ५२ रनले पराजित गर्दै सानदार जीत हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि बलिङतर्फ सन्दीप लामिछाने र लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै २–२ विकेट लिए। सुवास भण्डारी, बसिर अहमद, र क्रिस सोलले १–१ विकेट लिएर टिमलाई मजबुत बनाए।चितवनका ब्याट्सम्यानहरू मध्ये अमरसिंह राउटेलाले सर्वाधिक रन बनाए भने सन्तोष कार्कीले २८, कुशल मल्लले २५, र रवि बोपराले २० रनको योगदान गरे।
यो खेलसँगै विराटनगरले जारी प्रतियोगितामा आफ्नो दोस्रो जीत दर्ता गरेको छ। यसअघि खेलेका पाँच खेलमध्ये चारमा हार व्यहोरेको विराटनगरले अब प्लेअफमा पुग्न संघर्ष जारी राखेको छ।चितवनका लागि भने यो छैठौँ खेलमा तेस्रो हार हो। यसअघि खेलेका पाँच खेलमा तीन जीत र दुई हार दर्ता गरेको चितवनले आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ