कजाकिस्तानमा ६७ यात्रुसहित उडेको अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान बुधबार दुर्घटनाग्रस्त भएको छ। विपत् व्यवस्थापन मन्त्रालयका अनुसार २५ जनालाई जीवितै उद्धार गरिएको छ भने तीमध्ये २२ जनालाई अस्पताल लगिएको छ।

एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य थिए। अक्ताउ शहर नजिकै खसेको विमानमा आगलागी भएको र दुर्घटनाको कारण अझै खुल्न नसकेको अधिकारीहरूले बताएका छन्। उक्त विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको भए पनि आँधीबेहरीका कारण मार्ग परिवर्तन गरिएको जनाइएको छ।