२ चैत – काठमाडौंको नागार्जुन नगरपालिका-७, गौतम गाउँस्थित कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा भीषण आगलागी भएको छ।

राति ९ बजे लागेको आगो नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिकाका साथै सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको थियो। तर, बाटो साँघुरो भएकाले ठूला दमकल प्रवेश गर्न नसक्दा ललितपुर महानगरका दुई दमकल प्रयोग गरिएको छ। ठूला दमकल नछिर्ने समस्याका कारण पानी ट्यांकरसमेत परिचालन गरिएको छ।

मानवीय क्षति नभए पनि आगलागीबाट घरभित्रका अन्न लगायतका सामग्री जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणको प्रयास जारी छ भने आगलागीको कारण खुल्न सकेको छैन।