कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ जारकोटतर्फ डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिएपछि सहचालक बेपत्ता भएका छन्।
डोजर पल्टिएपछि चालकलाई सकुशल उद्धार गरिएको छ भने सहचालक र डोजर अझै फेला परेको छैन। पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमका अनुसार स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बेपत्ताको खोजी कार्य जारी रहेको र सहचालकको नाम ठेगाना खुल्न नसकेको जानकारी दिएका छन्।