काठमाडौं, चैत ९, २०८१ – चितवनबाट यात्रु लिएर काठमाडौं आएको एउटा हाइस गाडी चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा दुर्घटनामा परेको छ। आइतबार अपरान्ह ५ बजे भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार ग १ ख ५५४६ नम्बरको हाइस गाडी रोकिराखेको अवस्थामा अचानक गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको थियो। दुर्घटना नागढुंगाको ढलान क्षेत्रमा भएको हो।घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।