बझाङ जिल्लाको चैनपुरमा बिहीबार राति जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। से१ज ८४३ नम्बरको बोलेरो जीप तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै दुर्घटनामा परेको हो। जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीका अनुसार तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृतकहरूमा:
1. केदारस्यूँ गाउँपालिका–१ रायलका ३३ वर्षीय जीप चालक शमशेर मल्ल
2. तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी
3. जौमतीदेवीका छोरा ३६ वर्षीय बम्मबहादुर धामी
4. धामीकै नातिनी, ६ वर्षीया बालिका आकृति धामी
बालिकाको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका डा. विनय जोशीले पुष्टि गरे। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।