नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ। तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज जितेको हो। पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेको थियो भने दोस्रो खेलमा सुपरओभरमा जितेको थियो। आज अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमै पूरा गरेको हो।
नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ३-० ले जित्यो।