पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ। सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् भने जनकपुर बोल्ट्सको नेतृत्व आशिफ शेखले गर्दै छन्।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन्। नेपाली क्रिकेटप्रेमीहरूले रोमाञ्चक फाइनलको अपेक्षा गरेका छन्।फाइनल खेल नेपाली क्रिकेटको इतिहासमा एउटा महत्त्वपूर्ण क्षण बन्ने विश्वास गरिएको छ। अब, कुन टोली च्याम्पियन बन्ला? सबैको नजर खेलको नतिजामा केन्द्रित छ।