बझाङको छबिसपाथिभेरा गाउँपालिका- १ मा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले २४ वर्षीय धर्मराज गिरीलाई गए राति नियन्त्रणमा लिएको हो। शनिबार बेलुकी किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बझाड़बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बझाङमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २४ वर्षीय युवक पक्राउ