बैतडीको नवाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ७:५४ बजे ४।६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसअघि पनि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ। लगातार भूकम्पीय गतिविधिले स्थानीयहरू त्रसित बनेका छन्।