भारतको बैंगलुरुमा आफैंले चलाएको स्कुटी अनियन्त्रित हुँदा बझाङका एक जनाको मृत्यु भएको छ। मृतक ३६ वर्षीय नरेन्द्र थापा, दुर्गाथली गाउँपालिका–१, थापागाउँका हुन्। हिजो दिउँसो चन्दापुराबाट इलेक्ट्रोनिक सिटीतर्फ जाँदै गर्दा थापाले चलाएको स्कुटी अनियन्त्रित भई सोही दिशामा गुडिरहेको टाइल्स बोकेको ट्रकको पछाडिको टायरमुनी टाउको पर्दा घटनास्थलमै मृत्यु भएको उनका आफन्त बिक्रम भण्डारीले बताएका छन्।

थापाको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ। उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए। घटनापछि ट्रक चालकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।