राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले कास्की जिल्ला सरकारी वकिलसमक्ष बयान दिंदै सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारे।
उनले भने, “मलाई थाहा भए कर्तुत बाहिरिने डरले गैरकानूनी हिसाब मिलान गरिएको रहेछ। म गोर्खा मिडियामा हुँदा कुनै ऋण लिइएको थिएन।” साथै, संसदीय छानबिन समितिले पनि आफ्नो संलग्नता नरहेको पुष्टि गरिसकेको उनको दाबी छ।
रविले सहकारीको रकम आफ्नो पेटमा एक रुपैयाँ पनि नपरेको र सबै आरोप आधारहीन भएको बताएका छन्।