सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
रवि लामिछानेविरुद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको छ। उनलाई सहकारीको रकम गोर्खा मिडियामा लगानी गर्न जिबी राईसँग मिलेर सङ्गठित अपराध गरेको र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको आरोप लगाइएको छ।
लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ। अन्य प्रतिवादीको बयान सकिएपछि लामिछानेको बयान थालिएको हो। थुनछेक बहसअघिको बयान प्रक्रिया जारी रहँदा, कास्की अदालतले यसअघि नै सोही मुद्दामा अन्य प्रतिवादीहरूमाथि पनि बयान लिइसकेको छ।