चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायर भएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा ठगी अभियोग लागेपछि उनी फेरि कानुनी कारबाहीको दायरामा परेका छन्।

यसअघि, रवि लामिछानेले विभिन्न जिल्लाका सहकारी मुद्दामा करोडौं धरौटी बुझाएर छुटेका थिए। कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख, र रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा एक करोड धरौटी बुझाएर उनी रिहा भएका थिए। चितवनमा दायर भएको नयाँ मुद्दापछि लामिछानेको कानुनी चुनौती झनै बढेको छ।