राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनछेक बहस नसकिएपछि आज पनि प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ। अदालतमा आफैं उपस्थित हुने प्रतिबद्धता जनाए पनि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन्।

सरकारी बिदाका कारण भोलि कुनै बहस हुने छैन। बाँकी बहस पर्सि मात्रै सुरु हुनेछ। लामिछानेले आफ्नो तर्फबाट कानुनी प्रक्रिया पूरा गर्न पहल गरेका भए पनि निर्णयमा ढिलाइ भएपछि उनी लगातार दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ।

अदालती प्रक्रिया र निर्णयप्रति रविका समर्थक र पार्टी कार्यकर्ताबीच उत्सुकता बढिरहेको छ। पर्सिको बहसपछि मात्र थुनछेकको टुंगो लाग्ने देखिन्छ।