राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा सातौँ पटक उपस्थित गराइएको छ। पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका लामिछानेको हिजो ४ दिनको म्याद सकिएपछि प्रहरीले थप म्याद माग गर्दै अदालत लगेको हो।
यसअघि छ पटक म्याद थप गरिएका लामिछानेप्रति अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थप गर्न आग्रह गरेको छ। लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। अदालतको निर्णयले उनको थप म्यादबारे टुंगो लाग्नेछ ।