फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रमा मिल्टन नामक आँधी शक्तिशाली रूपमा अघि बढिरहेको छ र आज राति (बुधबार) पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ। अमेरिकी मौसमविद्हरूले यसलाई पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका छन्। स्थानीयहरूले यसअघि यति शक्तिशाली आँधी कहिल्यै नआएको बताएका छन्, र सम्भवतः यो शताब्दीकै शक्तिशाली आँधी हुन सक्ने अनुमान गरिएको छ।

आँधीको सबैभन्दा बढी प्रभाव फ्लोरिडामा पर्ने भएकाले ह्वाइट हाउसले त्यहाँ आपत्काल घोषणा गरिसकेको छ। यस आँधीकै कारण बुधबारका लागि निर्धारित १ हजार ५०० उडान रद्द गरिएको छ। राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।