नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई मोरङ जिल्ला अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उमागौरी कृषि सहकारी संस्थाको २२ करोड ४८ लाख रुपैयाँ अपचलनको आरोपमा उनीसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य रहेकी कोइराला फरार थिइन्, तर बुधबार अदालतमा हाजिर भएपछि बयान र बहसपश्चात थुनछेक आदेश जारी भएको हो।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले रिहा गर्न आदेश दिए पनि सहकारीको रकम अपचलनको मुद्दा अझै टुंगिएको छैन।