आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य तोलामा रु दुई हजारले बढेर प्रतितोला रु एक लाख ६६ हजार पाँच सय पुगेको छ, जसले बिहीबारको मूल्य रु एक लाख ६४ हजार पाँच सयको तुलनामा ठूलो वृद्धि दर्शाउँछ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा रु २० ले वृद्धि भई आजका लागि रु एक हजार नौ सय ८० मा निर्धारण भएको छ। यसअघि बिहीबार चाँदी तोलामा रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो।