सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामा २५ करोड रुपैयाँसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार उनी यसअघि पनि सुन तस्करीमा पक्राउ परेका थिए। २०७८ मा ७ किलो सुनसहित कलंकीबाट समातिए पनि पछि छुटेका थिए।

हिजो राति ११ बजे रसुवा गढी नाकाबाट ठूलो परिमाणमा यूरो र डलर चीनतर्फ तस्करी गर्न लागिएको सूचना पाएपछि प्रहरीले मालबाहक ट्रक जाँच गर्दा चालक क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाएर लुकाइएको अवस्थामा पैसा फेला पारेको हो। प्रारम्भिक अनुसन्धानअनुसार लामा भरियाको रूपमा चालक भएर काम गरिरहेका थिए।