राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाले मंगलबार १० हजार मानिस उतार्ने तयारी गरेको छ। लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको आरोप लगाउँदै रास्वपा निरन्तर आन्दोलनरत छ। पार्टीले बालुवाटारस्थित नेपाल हाउसमा १२ बजे नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई जम्मा गर्ने योजना बनाएको छ।

काठमाडौंका विभिन्न स्थानहरूबाट रास्वपाले विशाल र्यालीहरू निकाल्ने तयारी गरेको छ। भक्तपुरबाट कोटेश्वर, पश्चिमतर्फ कलंकी, बौद्ध, जोरपाटी, कपन लगायतका क्षेत्रबाट चावहिलमा र्याली भेला हुनेछ। त्यस्तै, ललितपुर, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रबाट पनि र्याली निकालिने छ।

आन्दोलन संयोजक पुकार बमका अनुसार यी सबै स्थानहरूबाट र्यालीहरू निकाल्ने तयारी पूरा भइसकेको छ। आजको प्रदर्शनमा रास्वपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने जानकारी पनि उनले दिएका छन्।