त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलद्वारमा करिब ४ किलो सुन लुकाएर ल्याउँदै गरेका तीन उज्बेकिस्तानकी महिलालाई पक्राउ गरिएको छ। बुधबार राति फ्लाइ दुबईमार्फत नेपाल आएका उनीहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको हो।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीका अनुसार उनीहरूले मलद्वारमा सुनको डल्लो बनाएर तस्करी गर्न खोजेका थिए। एक्सरेमा शंकास्पद देखिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भिडियो एक्सरे गरिएपछि सुन बरामद गरिएको हो।
पक्राउ परेका महिलासँगै एक पुरुष पनि थिए, तर उनको साथमा सुन भेटिएको छैन। प्रहरी अहिले उनीहरूलाई थप अनुसन्धान गरिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्यो तस्करको अखेडा