अर्जेन्टिनालाई रेफ्रीले जिताएको आरोप, फिफामा इजिप्टको उजुरी
इजिप्ट फुटबल संघ (EFA) ले सन् २०२६ फिफा विश्वकपको अन्तिम १६ को खेलमा भएको रेफ्रिङलाई लिएर औपचारिक रूपमा फिफासमक्ष गुनासो दर्ता गरेको छ। अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको इजिप्टले खेलको नतिजामा निर्णायक असर पार्ने गरी विवादास्पद निर्णयहरू भएको दाबी गरेको छ।
इजिप्टले खेलमा ७९औँ मिनेटसम्म २–० को अग्रता कायम राखेको थियो। त्यसपछि अर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेल उल्ट्यायो। क्रिस्टियन रोमेरो, लियोनेल मेस्सी र एन्जो फर्नान्डेजले गोल गर्दै साविक विजेतालाई क्वार्टरफाइनलमा पुर्याए। अब अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
विवाद कहाँबाट सुरु भयो?
दोस्रो हाफमा मोस्तफा जिकोले गरेको गोल भिडियो सहायक रेफ्री (VAR) को सिफारिसपछि रद्द गरिएको थियो। फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएले गोल बन्नुभन्दा करिब २० सेकेन्डअघि लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको ठहर गर्दै गोल अमान्य घोषणा गरेका थिए। यही निर्णय खेलको सबैभन्दा ठूलो विवाद बनेको छ।
त्यसपछि खेल २–२ को बराबरीमा पुगेका बेला मोहम्मद सलाहमाथि जुलियन आल्भारेजले फाउल गरेको भन्दै इजिप्टले पेनाल्टी मागेको थियो। तर रेफ्रीले खेल जारी राखे।
इजिप्टले अर्को आपत्ति एन्जो फर्नान्डेजको निर्णायक गोलअघि एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबीलाई पनि बेवास्ता गरिएको विषयमा जनाएको छ। इजिप्टको भनाइमा, आफ्नो गोलअघि भएको घटनामा VAR प्रयोग गरियो, तर अर्जेन्टिनाको निर्णायक गोलअघि यस्तै प्रकृतिको घटनामा कुनै समीक्षा नै गरिएन।
फिफासँग के माग गरियो?
स्पेनी सञ्चारमाध्यम Diario AS का अनुसार इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबो रिदाले फिफालाई औपचारिक पत्र पठाउँदै रेफ्री फ्राँस्वा लेटेक्सिए र उनको अफिसियटिङ टोलीमाथि छानबिन गर्न माग गरेका छन्। साथै, बाँकी विश्वकप खेलहरूबाट उक्त अफिसियटिङ टोलीलाई हटाउन पनि आग्रह गरिएको छ।
इजिप्ट फुटबल संघले रेफ्रीका निर्णयहरूले खेलको दिशा नै परिवर्तन गरेको आरोप लगाएको छ। फिफाबाट घटनाबारे स्पष्ट जवाफ र निष्पक्ष छानबिनको अपेक्षा गरिएको संघको भनाइ छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का
ताजा
‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए
ताजा
घाटामा रहेको आयल निगममा कर्मचारीलाई भने बोनसै बोनस
उपत्यकामा २,०७६ चालक कारबाहीमा, १९ लाख बढी राजस्व संकलन
बालेन सरकारको १०० दिन : कति बाचा पूरा भए (सूचीसहित)?
पेट्रोलपम्प बन्द गर्नेलाई अब १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति रोक्का
करिब ८ वर्षपछि फेरि पलायो निर्मला पन्तले न्याय पाउने आशा