बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, आरोपी लोकेन्द्र पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, आरोपी लोकेन्द्र पक्राउ

सामान्य विवादपछि भएको कुटपिटमा गम्भीर घाइते भएका बझाङका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेलको धनगढीमा उपचार भइरहेका बेला मृत्यु भएको हो।

घटना भदौ २२ गते साँझ करिब ७ बजे भएको थियो। सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलसँग विवाद भएपछि झलकमाथि कुटपिट भएको थियो।

विज्ञापन
khoj2

कुटपिटबाट घाइते झलकलाई उपचारका लागि धनगढीस्थित केयर टेकर अस्पताल पुर्‍याइएको थियो। उपचार जारी रहेकै अवस्थामा भदौ ३१ गते बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा लोकेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको मृत्युसँगै घटनाको प्रकृति र त्यसअघिको विवादबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।