भारतीय राजदूत श्रीवास्तवले गरे राष्ट्रपति पौडेलसँग बिदाइ भेट

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भारतीय राजदूत श्रीवास्तवले गरे राष्ट्रपति पौडेलसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। आफ्नो कार्यकाल पूरा गर्ने क्रममा श्रीवास्तव राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्धसँग जोडिएका विषयमा छलफल भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्धसँगै आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

विज्ञापन
khoj2

नेपाल र भारतबीच लामो समयदेखि कायम सम्बन्धका विभिन्न पक्षबारे कुराकानी भएको उक्त भेट श्रीवास्तवको बिदाइ भेटका रूपमा भएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाईसमेत दिएका छन्।