कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवार र समर्थक भोट माग्न व्यस्त
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको समय नजिकिएसँगै उम्मेदवार र उनीहरूका समर्थक प्रतिनिधिसँग मत माग्न व्यस्त भएका छन्।
राष्ट्रियसभा गृह र महाधिवेशनस्थल आसपास उम्मेदवार तथा कार्यकर्ताले आफ्ना पक्षका उम्मेदवारलाई जिताउन प्रतिनिधिसँग भेटघाट र प्रचारलाई तीव्र बनाएका छन्। पर्चा बाँड्नेदेखि विभिन्न नयाँ शैली अपनाएर समेत मत माग्ने क्रम चलेको छ।
सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी मैदानमा छन्। महाधिवेशनबाट विस्तारित केन्द्रीय कार्यसमितिका लागि नेतृत्व चयन हुँदैछ।
मतदानका लागि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूबीच उम्मेदवारहरूले अन्तिम चरणको मत मागिरहेका छन्। आज मतदान प्रक्रिया सुरु भइसकेको छ।

