काठमाडौं — काठमाडौँ जिल्लाका सबै १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार सुरुवाती चरणदेखि नै अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता लिइरहेको देखिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ३ मा सुरुवाती चरणमा उज्यालो पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार कुलमान घिसिङले अग्रता लिएका थिए। तर पछिल्लो मतगणनासँगै रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले उनलाई पछि पार्दै उल्लेखनीय अग्रता बनाएका छन्।
हालसम्म सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन्।
प्रारम्भिक मतपरिणाम यसप्रकार छन्:
काठमाडौं–१
घण्टी (रञ्जु दर्शना) – २६१४
रुख (प्रबल थापा) – १४१३
हलो (रविन्द्र मिश्र) – ७१२
सूर्य (मोहनराज रेग्मी) – २३६
काठमाडौं–२
घण्टी (सुनिल के.सी.) – ९५०
रुख (कबिर शर्मा) – ४०८
सूर्य (मणिराम फुयाल) – ३५१
काठमाडौं–३
घण्टी (राजुनाथ पाण्डे) – २९६०
चिम (कुलमान घिसिङ) – १८४६
रुख (रमेश अर्याल) – ५८३
सूर्य (रामेश्वर फुयाल) – ४५६
काठमाडौं–४
घण्टी (पुकार बम) – २५२९
रुख (सचिन तिमिल्सेना) – ७४९
सूर्य (राजन भट्टराई) – ६९१
काठमाडौं–५
घण्टी (सस्मित पोखरेल) – ३७००
रुख (प्रदीप पौडेल) – १०७८
सूर्य (ईश्वर पोखरेल) – ६९९
काठमाडौं–६
घण्टी (शिशिर खनाल) – ५१५
रुख (कृष्ण वानिया क्षेत्री) – ३६०
सूर्य (अमनकुमार मास्के) – ३१०
काठमाडौं–७
घण्टी (गणेश पराजुली) – २८३३
सूर्य (अजय क्रान्ति शाक्य) – ४९४
रुख (नानु मैया बास्तोला) – ४२२
तारा (राधाकृष्ण महर्जन) – ३९२
काठमाडौं–८
घण्टी (विराज भक्त श्रेष्ठ) – ६१२७
रुख (सपना राज भण्डारी) – ७३६
हलो (नविन शाही) – ४९१
सूर्य (राजेश शाक्य) – ४३३
कुल गणना भएको मत – ९२१२
काठमाडौं–९
घण्टी (डोलप्रसाद अर्याल) – १५५०
रुख (नानु मैया बास्तोला) – २५९
सूर्य (अजय क्रान्ति शाक्य) – १५१
तारा (राधाकृष्ण महर्जन) – २२
काठमाडौं–१०
घण्टी (प्रदीप विष्ट) – ६०४२
रुख (हिमाल कार्की) – २९३२
सूर्य (विनोद श्रेष्ठ) – ५०३
हाल मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। तर प्रारम्भिक नतिजाले काठमाडौँमा रास्वपाको बलियो उपस्थिति देखिएको विश्लेषण गरिएको छ।