अवैध रूपमा अमेरिका पुगेका केही नेपालीलाई स्वदेश फिर्ता पठाइएको छ। उनीहरूलाई लिएर आएको जीआरपी २३ चार्टर्ड विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

अमेरिकी अधिकारीहरूले १० जना नेपालीलाई देश निकाला गरिएको जानकारी गराए पनि विमानस्थल स्रोतका अनुसार संख्यामा केही हेरफेर हुनसक्ने अनुमान गरिएको छ। हाल फिर्ता गरिएका नेपालीहरूलाई अध्यागमन कार्यालयमा राखिएको छ।

जहाँ कानुनी प्रक्रिया अघि बढाइनेछ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ।