निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। छापामा स्रोत नखुलेको रकम र ठूला आर्थिक लेनदेनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
करिब एक महिनादेखि युरोपमा रहेका भूषण घरमा नरहेका बेला प्रहरी टोलीले कागजात सङ्कलन गरेको हो।ठेक्का र नियुक्तिमा डिल गर्ने तथा आरजु राणाको आर्थिक चलखेलमा संलग्न रहेको आरोप उनीमाथि पहिले देखिनै लाग्दै आएको थियो। सिआईबीले संकलित कागजातको अध्ययन अघि बढाइरहेको र प्रमाण पुष्टि भए कानुनी कारबाही हुने अधिकारीले बताएका छन्।