बझाङको जयपृथ्वी नगरपालिका–४ पक्कीपुल नजिक मोटरसाइकलको ठक्करबाट ५ वर्षीया इन्द्रा पुरी घाइते भएकी छन्। होटल व्यवसायी हिमाल पुरीकी छोरी इन्द्रालाई जयपृथ्वी–३ पडेशबाट चैनपुरतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो।
शुक्रबार दिउँसो ४ बजे धनी खड्काले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प. ७०५ नम्बरको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा परी उनको टाउको र दाहिने हातमा चोट लागेको छ। उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको छ।
घटनापछि मोटरसाइकल चालक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।