नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै काठमाण्डू गोर्खाजलाई १३४ रनमा रोक्न सफल भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको विराटनगरले सुरुदेखि नै काठमाण्डूमा दबाब सिर्जना गर्‍यो। निर्धारण २० ओभर खेलेको काठमाण्डूले ७ विकेटको क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।

काठमाण्डूका आदिल आलम टोलीका टप स्कोरर बने, उनले २५ बलमा ४ चौका र २ छक्का समेत प्रहार गर्दै अविजित ४८ रन बनाए। ओपनर बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रनको योगदान दिए।अब विराटनगर किंग्सले जीतका लागि १३५ रनको लक्ष्य पछ्याउनेछ।