गोरखामा बुढीगण्डकी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
गोरखामा बुढीगण्डकी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता

गोरखाको चुमनुब्री गाउँपालिका–६ मा पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ। लोक्पा र चुम्लिङबीचको क्षेत्रमा पहिरो खसेपछि नदीको बहाव रोकिएको थियो। पानी बग्न थालेसँगै ठूलो बाढी आएको सूचना प्राप्त भएको छ।

प्रहरीका अनुसार २०८३ असोज २५ गते बिहान ५:३० बजे नदी थुनिएको जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

विज्ञापन
khoj2

नदीको बहाव रोकिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो। बिहान ६:१५ बजेदेखि पहिरोले थुनिएको स्थानबाट पानी बग्न थालेको जानकारी आएको हो।

ठूलो बाढी आएको खबर प्राप्त भए पनि हालसम्म अन्य क्षतिको विवरण सार्वजनिक भएको छैन। घटनाबाट मानवीय वा भौतिक क्षति भए–नभएकोबारे थप जानकारी आउन बाँकी छ।

नदीको बहाव पुनः सुरु भएपछि तटीय क्षेत्रको अवस्था र सम्भावित जोखिमबारे थप विवरणको प्रतीक्षा गरिएको छ।