म्याक्स टाइगर दशैं धमाका २०२६: ५ जनाले जिते बाइक र स्कुटर

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
म्याक्स टाइगर दशैं धमाका २०२६: ५ जनाले जिते बाइक र स्कुटर

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत अहिलेसम्म पाँच जना उपभोक्ताले यामाहा स्कुटर तथा मोटरसाइकल जितेका छन् । पछिल्लो चरणमा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन् ।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले मोटरसाइकल जितेका थिए भने सुर्खेतका किशोर जंग शाहले स्कुटर हात पारेका थिए । पछिल्ला विजेतासँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर पाउनेको संख्या दुई पुगेको छ ।

विज्ञापन
khoj2

अभियानमा अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा बम्पर पुरस्कार बाँकी छ । कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । सबैभन्दा ठूलो पुरस्कारका रूपमा राखिएको प्रोटोन कारको विजेता भने घोषणा हुन बाँकी छ ।

एक क्यान इनर्जी ड्रिंक खरिदसँग जोडिएको यो अभियानले विभिन्न सहरका उपभोक्तालाई पुरस्कार जित्ने अवसर दिएको छ । पाँच विजेता सार्वजनिक भइसके पनि बाँकी पुरस्कारका कारण अभियानमा सहभागी उपभोक्ताको उत्सुकता कायमै छ ।

म्याक्स टाइगरले दशैंको उत्सवलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको जनाएको छ ।