लेकसाइडस्थित एक होटलबाट मंगलबार शर्मिला वाइबा पक्राउ परेकी छन्। कास्की प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि उनलाई काठमाडौं पठाइएको हो। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले साइबर ब्युरोको अनुरोधमा वाइबालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
उनका अनुसार, ‘साइबर ब्युरोले शर्मिला वाइबालाई काठमाडौं पठाउन पत्र पठाएको थियो। सोही अनुसार मंगलबार नै उनलाई पक्राउ गरी राजधानी पठाइएको हो।’शर्मिलाविरुद्ध के किसिमको साइबर अपराधको आरोप छ भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।
तर प्रारम्भिक जानकारी अनुसार सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोष्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ। साइबर अपराधको अनुसन्धानका लागि काठमाडौंमा थप सोधपुछ हुने जनाइएको छ।