रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका नेताहरूको बलियो क्षेत्र मानिने ठाउँमा कांग्रेस, एमालेसहित चार दलीय गठबन्धनको साझा उम्मेदवार सुनिल साहलाई पराजित गर्दै सापकोटा ५०२ मतसहित विजयी भएका हुन्। सुनिल साहले २६९ मत मात्रै प्राप्त गरे। ८०२ मत खसेको निर्वाचनमा सापकोटाले करिब दोब्बर मतान्तरले जित हासिल गरेका हुन्। अन्य पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा अध्यक्ष रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधस्वरूप देशभर हस्ताक्षर अभियान चलाइरहेका बेला चन्द्रपुरमा आएको यो जितलाई रास्वपाको आत्मबल बढाउने विजयको रूपमा हेरिएको छ।निर्वाचनपश्चात सापकोटाले भने, “चन्द्रपुरको पहिचान र व्यवसायीको हितका लागि सदैव क्रियाशील रहने छु।”