नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि करण केसी कप्तानीको काठमाडौंले पहिला ब्याटिङ गर्नेछ।

टोली संयोजनमा काठमाडौंले पहिलेको टोलीलाई कायम राखेको छ भने चितवनले अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाललाई प्लेइङ–११ मा मौका दिएको छ। उनीहरू दुवै टोली पछिल्लो खेल जितेर उत्साहमा छन्। चितवनले विराटनगर किङ्सलाई र काठमाडौंले कर्णाली याक्सलाई हराएको थियो।

चितवनले ३ खेलमा २ जित र १ हारसँगै ४ अंक जोडेको छ। समान ४ अंक भएको काठमाडौंले भने २ खेल जितेको र २ खेल हारेको छ। अंक तालिकामा चितवन तेस्रो र काठमाडौं चौथो स्थानमा छन्। आजको दोस्रो खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच हुनेछ।