हालैको आन्दोलनका संयोजक तथा राजनीतिक नेता दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि औपचारिक रूपमा बोलाएकोमा स्वागत व्यक्त गरेका छन्। उनले भने, “यदि सरकारले हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन हो।”
प्रसाईंले भनेका छन्, “वार्ताको लागि बोलाउनु मात्र पर्याप्त होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ। ”उनका अनुसार, वार्ताको तयारीसँगै आन्दोलनका कार्यक्रमहरू पनि पूर्वघोषित योजनाअनुसार अघि बढाइने छन्।