सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका अमरेश कुमार सिंहलाई गगन थापाले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। नेपाली काँग्रेसका सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिंहलाई बधाई दिएका हुन्। सो क्षेत्रमा थापालाई नै पराजित गर्दै सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

शुभकामना सन्देशमा थापाले लेखेका छन्, “सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना। मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”त्यस्तै, थापाले सर्लाही–४ मा आफूले देखेका समस्याहरू समाधान गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने पनि बताएका छन्।